गर्मी बढेलगत्तै नेपालको चर्चित इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले हालै विभिन्न किसिमका नयाँ तथा आकर्षक पंखाहरु नेपाली बजारमा भित्र्याएको छ।
फरक–फरक प्रकारका उपभोक्ताहरुलाई मध्यनजर गरी सीजीले फरक फरक किसिमका पंखाहरु ल्याएको छ।
आवश्यकताअनुरुप उपभोक्ताहरुले छानी छानी नजिकको डिलरबाट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
ती पंखाहरुमा सिंलिङ्ग फ्यान, स्ट्याण्ड फ्यान, टेबुल फ्यान, वाल फ्यान, एगजस्ट फ्यान र रिचार्जएबल फ्यानहरु रहेका छन्।
हेर्दा निकै नै आकर्षक देखिने यी पंखाहरुमा नयाँ नयाँ विषेशताका साथै विभिन्न साईजमा पनि उपलब्ध छ।
त्यस्तै सिलिङ्ग फ्यानको खरिदमा २४ महिनाको वारेण्टी पाउनुका साथै रिमोट पनि पाउनेछन्। यी सिलिङ्ग फ्यानहरु २४ इन्चदेखि ४८ इन्चसम्म उपलब्ध छन्।
त्यस्तै स्ट्याण्ड फ्यानमा १२ महिनाको वारेण्टी र विभिन्न आकर्षक स्वरुपका मोडलहरुमा पनि पाउनेछन्।
स्ट्याण्ड फ्यानमै सीजीले बत्ती नभएको बेलामा समेत चलाउन मिल्ने रिचार्जएबल पंखाहरु पनि ल्याएको छ। यी फ्यानहरुमा १२ महिनाको वारेण्टी र आकर्षक रंगहरुमा उपलब्ध गराएको छ।
प्रतिक्रिया