ad ad

कारोबार


भारतमा नयाँ सडक निर्माण तीव्र, एक दिनमै बन्नथाल्यो ३३ किमि पक्की सडक

भारतमा नयाँ सडक निर्माण तीव्र, एक दिनमै बन्नथाल्यो ३३ किमि पक्की सडक

नेपालखबर
फागुन १९, २०७७ बुधबार ७:३५,

भारतमा प्रत्येक दिन ३३ किमि सडक निर्माण गरेर प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले कीर्तिमान कायम गरेको छ।

केन्द्रीय सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरीले प्रतिदिन ३३ किमि सडक निर्माण हुनु सडक निर्माणको लागि नयाँ कीर्तिमान भएको बताए।

नवभारत टाइम्सका अनुसार चालू आर्थिक वर्षमा मात्रै ११ हजार ३५ किमि सडक निर्माण भएको छ ।

गडकरीले भने, ‘हामीले आजको दिनसम्म ११ हजार ३५ किमि सडक बनाएका छौँ । यो प्रतिदिन ३२.८५ किमि निर्माण हो । जुन नयाँ कीर्तिमान हो ।’

३१ मार्चसम्म यो तथ्यांक प्रतिदिन ४० किमि पुग्नसक्ने उनले बताए । कोभिड महामारीकै बीच सरकारले यस्तो सफलता पाएको उनको भनाइ छ । गडकरीले आफूले मन्त्रालय सम्हाल्दा सडक निर्माण प्रतिदिन दुई किलोमिटर मात्रै रहेको बताउँदै तीन लाख ८५ हजार करोड लगानीका चार सय छवटा परियोजना काम नै नभई अड्किएको बतााए ।

अहिले सडक निर्माणको गति बढाइएको उनले बताए । यसका लागि ४० हजार करोड भारुका परियोजना रद्द गरिएको उनले बतााए । यसले गर्दा सडक निर्माणमा तीव्रता आएको उनको भनाइ छ ।

सरकारले मार्च मसान्तसम्म ४० किमि प्रतिदिन निर्माणको लक्ष्य पूरा गर्न अघि बढेको छ । महत्वाकांक्षी भारतमाला परियोजनाको माध्यमबाट पाँच लाख ३५ हजार करोड लागतमा ३४ हजार आठ सय किमि सडक निर्माणको लक्ष्य राखिएको उनको भनाइ छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .