ad ad

कारोबार


शृंखला खतिवडा बनिन् वर्ल्डलिंकको सद्भावनादूत

शृंखला खतिवडा बनिन् वर्ल्डलिंकको सद्भावनादूत

नेपालखबर
फागुन १६, २०७७ आइतबार ५:३४,

ब्रोडब्यान्ड सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स मिस नेपाल शृंखला खतिवडालाई सद्भावनादूतका रूपमा नियुक्त गरेको छ।

आर्किटेक्चर इन्जिनियरिङ्ग संकायमा आफ्नो ब्याचको टपर र समाज सेवामा लागेकी खटिवडा मिस नेपाल–२०१८ विजेता हुन्।

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भने, ‘नेपालीलाई विश्वस्तरीय इन्टरनेट सेवा दिन वर्ल्डलिंक सधैँ प्रयासरत रहेको छ। २५औं वार्षिकोत्सवका अवसरमा सद्भावनादूतका रूपमा शृंखलाजीले हाम्रो प्रतिनिधित्व गर्दा हामी निकै खुसी छौँ। उत्तम विचारसँगै सुन्दरता अनि सामाजिक हितका लागि ऊर्जाशील समय दिने उहाँ निकै नै दुर्लभ प्रतिभावान व्यत्ति हुनुहुन्छ। हामी जस्तै उहाँ पनि आप्mनो क्षेत्रमा उत्कृष्ट हुनुहुन्छ र सँगै काम गर्दा हाम्रो सेवाहरुबारे बजारमा सही जानकारीहरु प्रेषित गर्न सकिनेछ।’

सद्भावनादूतका लागि सम्झौतामा हस्ताक्षर गरिसकेपछि शृंखलाले भनिन्, ‘नेपालको नम्बर एक ब्रोडव्यान्ड सेवा प्रदायकका रूपमा नेपालभरी गरेको विस्तारित सेवा प्रति, वर्ल्डलिंकले गरेको मिहिनेतको म सह्राहना गदर्छु। यसको सद्भावनादूत हुन पाएकामा निकै खुसी छु। वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक मात्र होइन, डिजिटल नेपाल बनाउनका लागि सबैभन्दा धेरै योगदान पु¥याइरहेको संस्था पनि हो। साथै यस कम्पनीले समाज हितका विभिन्न क्रियाकलापमा पनि संलग्न हुंदै आइरहेको छ। नयाँ कामहरू गरिरहेका र उपभोक्ताहरूलाई उत्कृष्ट सेवा दिन उच्च प्रविधिको प्रयोग गरिरहेका नेपालका युवाहरूका लागि वर्ल्डलिंक प्रेरणाको स्रोत पनि बनिरहेको छ।’

शृंखला सन् २०१८ मा मिस नेपालको २३औँ संस्करणकी विजेता भएकी थिइन्। ‘मिस वर्ल्ड–२०१८’ मा उनले उपाधिका लागि अन्य ११८ सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन्। त्यसमा उनी उत्कृष्ट बाह्रौँमा पर्न सफल भएकी थिइन् र उनलाई ब्युटी विथ अ पर्पोज अवार्ड विजेता पनि घोषित गरिएको थियो। यसबाहेक पनि उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेकी छिन्।

सद्भावनादूत सम्झौता हस्ताक्षर कार्यक्रम वर्ल्डलिंकको मुख्य कार्यालय जावलाखेलमा सम्पन्न भयो। उक्त कार्यक्रममा दिलीप अग्रवाल–अध्यक्ष, मनोज अग्रवाल, बोर्ड निर्देशक, केशव नेपाल–प्रमुख कार्यकारी अधिकृत र शृंखला खतिवडा उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .