महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण सेयर शुक्रबार (फागुन १४ गते) हुने भएको छ।
सो दिनको बिहान ८ बजे सेयर बाँडफाँड हुने नेपाल एसवीआई मर्चेन्ट बैंकिङले जनाएको छ। साधारण सेयरको बाँडफाड हात्तिसार स्थित नेपाल एसवीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा हुने समेत विज्ञप्तिमा जनाइएको छ।
महिला लघुवित्तले २०७७ माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो।
कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको समेत जानकारी गराएको छ।
3
Shares
प्रतिक्रिया