ad ad

कारोबार


आज १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गराइँदै

आज १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गराइँदै

नेपालखबर
फागुन १०, २०७७ सोमबार २३:३६,

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गराउने भएको छ।

केन्द्रीय बैंकका अनुसार ‘विकास ऋणपत्र, २०८५ घ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो।

कूल आठवर्षे अवधिको ऋणपत्रको ब्याजदर पनि बोलकबोलका माध्यमबाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिद गर्न सक्नेछन्।

ऋणपत्र धितोमा राखेर कर्जा लिन वा दिन पाइने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ। 

प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी दुई ढाँचामा विकास ऋणपत्र खरिदका लागि बोलकबोल प्रक्रियामा भाग लिन पाइनेछ।

कूल बिक्री गर्न लागिएको रकममध्ये प्रतिस्पर्धीतर्फ ८५ प्रतिशत बराबरको ८ अर्ब २५ करोड र अप्रतिस्पर्धीतर्फ १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड गरी विभाजन गरिएको छ। 

घटीमा ५० हजार रुपैयाँ र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जानेअंकमा खरिद गर्न पाउने व्यवस्था गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .