ad ad

कारोबार


फोनलोनमा आकर्षण बढ्दो, सय दिनमा लिए हजार जनाले ऋण

फोनलोनमा आकर्षण बढ्दो, सय दिनमा लिए हजार जनाले ऋण

नेपालखबर
फागुन ९, २०७७ आइतबार १२:१९,

फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण बढ्दै गएको छ। हाल फोन लोनको सुविधा तीनवटा वाणिज्य बैंकले दिएका छन्।

हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा प्रदान गरेका छन्। नेपालमा पहिलोपटक सुरु भएको फोन लोन मार्फत सय दिनमा एक हजार जनाले ऋण लिएका छन्। एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तीब्र आकर्षण देखिएको हो।

बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकता अनुसार ऋण मोबाइलबाट लिन सक्नेछन्। बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्री राम्रो रहेका ग्राहकहरूलाई यस्तो सुविधा प्रदान गरिन्छ।

बैंकले दुई लाख रूपैयाँसम्म यस्तो लोन दिने गरेका छन्। बैकमा खाता भएका व्यक्तिहरूले आफ्नो मोबाइल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ। यसका लागि बैंंकसम्म जानु्पर्ने तथा धितो राख्नुपर्ने झञ्झट हुँदैन।

ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै आफ्नो मोबाइल बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्ने छन्।

बिना धितो, बिना कागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए।

उनले भने, ‘एफवान सफ्टले जहिलेपनि आम मानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ। यसैक्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास गयौँ। जसलाई बैंकहरूले एडप्ट गरिदिनुभयो। यो सुविधामा अहिले बैंकहरुमा आकर्षण निकै देखिएको छ। आगामी दिनमा अन्य बैंकहरूमा पनि यो सुविधा थप हुँदै जाने विश्वास लिएका छौँ।’

एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी हो। कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ।

यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाइल मार्फत हुने भुक्तानीको विकास गरेको छ। एफवान सफ्ट गु्रपले एक हजार भन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी प्रदान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .