ad ad

कारोबार


नेपाल टेलिकमले सुरु गर्‍यो एनटी च्याटबट

नेपाल टेलिकमले सुरु गर्‍यो एनटी च्याटबट

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ११:३१,

नेपाल टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुबारे कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबट सेवा शुभारम्भ गरिएको छ।

कम्पनीको वेबसाइट खोल्नासाथ सुरु पेजमा एनटी च्याटबटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्ने टेलिकमले जनाएको छ। त्यहाँ मद्दत चाहियो? एनटी च्याटबटमा स्वागत छ भनेर लेखिएको छ।

यसमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली÷अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिन्छ।

कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ। त्यसैगरी विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र सिकायत÷गुनासो समेत गर्न सकिन्छ।

सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभाग/पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गरिने टेलिकमको भनाइ छ।

एनटी च्याटबोट सेवाले वेबसाइटमा राखिएका विवरणका आधारमा स्वचालित रुपमा जानकारी उपलब्ध गराउँछ।

कम्पनीका सेवाग्राहीले कुनै सेवाका बारेमा थप जानकारी लिनुपरेमा एनटी च्याटबटबाहेक कम्पनीका सामाजिक सञ्जालहरु फेसबुक, ट्विटर, भाइबर र इन्स्टाग्राम प्रयोग गर्न सक्दछन्।

ग्राहकहरुले कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट पनि सेवा तथा सुविधाहरुका बारेमा विभिन्न जानकारी प्राप्त गर्न सक्दछन्।

गत माघ २२ गते कम्पनीको १७औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एनटी च्याटबट सेवाको शुभारम्भ गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .