ad ad

कारोबार


बाइडेनको समर्थनपछि ट्रम्पले रोकेका नाइजेरियन बन्दै छिन् विश्व व्यापार संगठनको प्रमुख

बाइडेनको समर्थनपछि ट्रम्पले रोकेका नाइजेरियन बन्दै छिन् विश्व व्यापार संगठनको प्रमुख

नेपालखबर
माघ २५, २०७७ आइतबार ७:४५,

पछिल्लो समय विवादमा मुछिएको विश्व व्यापार संगठनमा नाइजेरियाकी गोजी ओकोन्जो इविलाले पहिलो अफ्रिकी तथा पहिलो महिला प्रमुखको रुपमा काम गर्ने लगभग पक्का भएको छ।

उनकी दक्षिण कोरियाली प्रतिस्पर्धी यू म्युंग हीले शुक्रबार दाबी छोडेपछि र अमेरिकाले आफ्नाे यसअघिको अडानबाट पछि हटेपछि इविलाले विश्व व्यापार संगठन हाँक्ने पक्का भएको हो।

ट्रम्प प्रशासन गएसँगै नयाँ राष्ट्रपति जो बाइडेनले उनको नेतृत्वलाई बलियो समर्थन गरेका हुन्।

बाइडेनले विश्व बैंक तथा नाइजेरियामा अर्थ मन्त्रालयमा दक्षता हासिल गरेको भन्दै समर्थन गर्ने घोषणा गरेका थिए।

यी दुई घटनाक्रमसँगै महिनौँदेखिको विश्व व्यापार संगठनको अनिश्चितताको पनि अन्त्य भएको छ।

अब डब्लुटीओका सदस्यहरुले इविलालाई संस्थाको महानिर्देशकमा चयन गर्ने प्रक्रिया थाल्नेछ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उनको नेतृत्व दाबी रोक्दै आएको थियो। गत वर्ष अक्टोबरमा उनलाई डब्लुटीओको छनोट समितिले प्रमुखमा प्रस्ताव गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .