चौधरी ग्रुपअन्तर्गत रहेको गोदरेज तथा टीसीएल ब्राण्डको क्षेत्रीय सम्मेलन सौराहामा सम्पन्न भएको छ।
विगत ४ दशकदेखि घरायसी सामग्रीको लागि नेपाली बजारमा प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको विक्री वितरण गर्दै आएको छ।
ग्लोब नं. २ ब्राण्ड टीसीएल र ६३ वर्ष भन्दा पुरानो इतिहास बोकेको गोदरेज एप्लाईन्सेसको सो क्षेत्रीय सम्मेलनमा आफ्नो व्यापारिक साझेदारबीच कम्पनीले आफ्नो मिसन-भिजन, रणनीति, विभिन्न चुनौती र अवसरका बारेमा बृहतरुपमा छलफल गरेको छ।
उक्त सम्मेलनलाई टीसीएल कर्पाेरेशनकी डाइरेक्टर अफएशियन डिस्ट्रिब्युसन् बिजनेस मिस केरोलिनले विगत १५ वर्षदेखिको चौधरी ग्रुपसँगको व्यापारीक साझेदारी बारे बताउँदै टीसीएलले आगामी वर्षहरुमा थप स्मार्ट र हेल्दियर प्रोडक्टहरुमा फोकस रहने बारेमा जानकारी दिइन्।
साथै गोदरेज एप्लाईन्सेस इन्डियाकाएक्पोर्ट हेड मिस्टर सलाम सिंङ्गले गोद्रेजका नयाँ इनोभेटिभ प्रोडक्टहरु बजारमा ल्याउने तथा, एक्सक्लुुसिभशोरुम नेपालमा बनाउने र २०२२ सम्ममा गोदरेजलाई नेपालको नं.२ ब्राण्ड बनाउने बताइन्।
चौधरी ग्रुपका म्यानेजिङ डिरेक्टर मिस्टर निर्भाना चौधरीले पनि सम्पूर्ण व्यापारिक साझेदारहरुलाई विगत वर्षमा रहेको चुनौती पूर्ण व्यापारिक वातावरणमा पनि साथ, सहयोग दिएर व्यापारलाई अझ माथी पु-याउन सहयोग गरेकोमा धन्यवाद दिनुका साथै, उक्त चुनौतीबाट अवसर पनि सिर्जना भएको र आउने दिनहरुमा यसरीनै क्षेत्रीयस्तरमा, व्यापारलाई अझ बढाएर एकीकृत उपलब्धी गर्ने र आउने वर्षमा व्यापारलाई दोब्बर गर्ने विश्वास र प्रतिवद्धता व्यक्त गरे।
गोदरेज तथा टीसीएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्र्तगत इओएल प्रा.ली रहेको छ।
Shares
प्रतिक्रिया