ad ad

कारोबार


नेपाल बैंक लिमिटेडको जिल्ला प्रशासन कार्यालय दोलखामा एक्स्टेन्सन काउण्टर

नेपाल बैंक लिमिटेडको जिल्ला प्रशासन कार्यालय दोलखामा एक्स्टेन्सन काउण्टर

नेपालखबर
माघ १०, २०७७ शनिबार १५:५४,

नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले आफ्नो ३९औं एक्स्टेन्सन काउण्टर दोलखा चरिकोट स्थित जिल्ला प्रशासन कार्यालयको परिसरबाट सुरु गरेको छ।

एक्स्टेन्सन काउण्टरको उद्घाटन दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले गरेका थिए।

उक्त अबसरमा उनले बैंकको यस एक्स्टेन्सन काउण्टरबाट राहदानी लिन जिल्ला प्रशासान कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालय लगायतमा आउने सेवाग्राहीले अझ छिटो छरितो सेवा पाउने बिश्वास ब्यक्त गर्दै बैंकले प्रदान गर्दै आईरहेका सेवा सुविधामा अझै समसामयिक सुधार गर्न सुझाव समेत दिए।

उक्त अवसरमा बैंकको चरिकोट शाखाका शाखा प्रबन्धक सुरेन्द्र श्रेष्ठले जनताको सेवाको लागी यो एक्स्टेन्सन काउण्टरको सुरुवात गरेको र आधुनिक प्रबिधि समेतको प्रयोग गर्दै सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे। सुरुमा राजश्व संकलनको मात्रै काम हुने भएतापनि विस्तारै सबै सेवा बिस्तार गर्दै लगिने जानकारी समेत दिए।

नेपाल बैंक लिमिटेडले देशभर रहेका २०४शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा अन्य बिभिन्न माध्ययमबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .