ad ad

कारोबार


प्राधिकरणले ५८ किसिमका उद्योगलाई चैतदेखि असारसम्म विद्युत् महशुलमा छुट दिने

प्राधिकरणले ५८ किसिमका उद्योगलाई चैतदेखि असारसम्म विद्युत् महशुलमा छुट दिने

नेपालखबर
माघ ७, २०७७ बुधबार ११:५८,

नेपाल विद्युत् प्राधिकरणले चैतदेखि असारसम्मको डिमान्ड शुल्कमा उद्योगहरुलाई छुट दिने निर्णय गरेको छ।

सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा छुट दिने घोषणा गरेको थियो।

बजेट वक्तव्यमा विद्युत् महशुल, डिमान्ड शुल्क र विद्युत् माग कम हुने समयको खपतमा छुट दिने उल्लेख रहेको थियो।

नेपाल विद्युत् प्रधिकरण सञ्चालक समितिको साउन २३ गतेको बैठकले नेपाल सरकारले तोकेको उत्पादनमूलक उद्योगहरुको डिमान्ड शुल्क छुट दिने निर्णय समेत गरेको थियो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले माघ ६ गते औद्योगिक व्यवसाय नियमावली २०७३ को अनुसूची ५ को बुँदा (ज) मा उल्लेख भएका ५८ किसिमका उद्योगहरुलाई डिमान्ड शुल्क छुट रहेको प्राधिकरणले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .