सेयरबजारमा आज हरियाली छाएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४९.१७ अंकले र सेन्सिटिभ सूचक ८.८६ अंकले बढेको हो।
आज बजारमा २०८ कम्पनीको ९९ लाख कित्ता सेयर बिक्री भएको छ। ३९ हजार ९ सय ३५ पटकको किनबेचपछि सेयरबजारमा ४ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको हो।
कुल १२ समूहमध्ये होटल र विकास बैंकबाहेक बाँकी समूहको कारोबार सूचक हरियो छ। आज व्यापार र उत्पादन तथा दुवै बीमा समूहको सूचक उच्च अंकले बढेको छ।
आज साल्ट ट्रेडिङ, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरीलगायतका कम्पनीका सेयरधनीले झण्डै १० प्रतिशत आम्दानी गरेका छन्। त्यस्तै नारायणी डेभलपमेन्टका लगानीकर्ताले भने १० प्रतिशत गुमाएका छन्।
सर्वाधिक कारोबारमा भने शिवम् सिमेन्ट अगाडि छ। कम्पनीको ३४ करोडको सेयर किनबेच भएको हो। यसबाहेक एनआईसी एसिया बैंकको ३२ करोडको, हिमालयन डिस्टिलरीको २८ करोडको, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २७ करोडको र नबिल बैंकको २६ करोड रुपैयाँको कारोबार भएको छ।
Shares
प्रतिक्रिया