ad ad

कारोबार


माछापुच्छ्रै बैंक र एशोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपालबीच सम्झौता

माछापुच्छ्रै बैंक र एशोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपालबीच सम्झौता

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार १६:३०,

माछापुच्छ्रे बैंक र एशोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपालसँग आवद्ध सदस्य वा सदस्यहरुद्वारा संचालित उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा एशोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपालको तर्फबाट अध्यक्ष वद्रीप्रसाद दाहाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट संस्थागत तथा पूर्वाधार कर्जा लगानी प्रमुख, सुभाष जमरकट्टेलले हस्ताक्षर गरे।

सम्झौतापश्चात एशोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपालसँग आवद्ध सदस्य वा सदस्यहरुद्वारा संचालित उद्यमीहरुलाई माछापुच्छ्रे बैंकले न्यूनतम रु. १ लाखदेखि अधिकतम रु. १५ लाखसम्मको सहुलियतकर्जा उपलब्ध गराउने छ।

साना व्यवसायीहरुको मनोबल बृद्धि गरि स्वदेशमै आत्मनिर्भरता बढाउने तथा कोभिड १९ ले सिर्जित विषम परिस्थितीका कारण विगत लामो समयदेखि बन्द रहेका स्कुल तथा अन्य व्यवसायहरु विस्तारै खुल्दै जान थालेको अवस्थामा व्यवसायहरुलाई पुर्नजिवन प्रदान गर्ने उदेश्यले माछापुच्छ्रे बैंकले उक्त सम्झौता गरेको जनाएको छ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहकवहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .