ad ad

कारोबार


बैंक अफ काठमाण्डूद्वारा ५ लाख रुपैयाँको बीमा दाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डूद्वारा ५ लाख रुपैयाँको बीमा दाबी रकम भुक्तानी

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार १६:१९,

बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ रु. एघार लाखसम्मको बीमा सुबिधा श्री सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा उपलब्ध गराउदै आईरहेको छ।

बीमा सुबिधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको लागि रु. पाँच लाख, १८ प्राणघातक रोगहरुको लागि रु. पाँच लाख तथा औषधि उपचारको लागि रु. एक लाखको बीमा सुबिधा रहेको छ। 

यसै सुबिधा अन्तर्गत रुद्र प्रसाद वस्तीलाई बैंकले रु पाँच लाख बीमा दाबी रकम भुक्तानी हस्तान्तरण गरेको छ।

केही समययता प्राणघातक रोगको कारणले उनको स्वास्थ्य प्रतिकुल भएको अवस्थामा वस्तीले बैंकबाट उपलब्ध भएको बिमा दाबी रकम भुक्तानी प्राप्त गरी उक्त पैसा आफ्नो स्वास्थ्य उपचारमा प्रयोग गरी हाल सफल उपचार पश्चात् स्वास्थ्य लाभ गरी सामान्य जिवनयापन गरिरहेका छन्।

वस्तीले यस बैंकको नारायणघाट शाखा कार्यालयबाट बैंकिङ्ग कारोबार गर्दै आइरहेका छन्।

बैंकको बाग्मती प्रदेश अन्र्तगत नारायणघाट प्रादेशिक कार्यालयका प्रमुख दिपक लम्सालले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक रुद्र प्रसाद वस्तीलाई हस्तान्तरण गरे। कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको नारायणघाट शाखाका प्रबन्धक माधव रेग्मीको उपस्थीति रहेको थियो।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .