स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला रु ५ सयले उकालो लागेको छ।
छापावाला सुन मंगलबारका तुलनामा प्रतितोला रु ५ सयले वृद्धि भएर रु ९१ हजारमा कारोवार भएको छ। छापावाला सुन मंगलबार प्रतितोला रु ९० हजार ५ सयमा कारोवार भएको थियो।
सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ।
यस्तै तेजाबी सुनसमेत आज प्रतितोला रु ५ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला रु ९० हजार ५० मा मंगलबार कारोवार भएको तेजाबी सुन आज भने रु ९० हजार ५५० मा कारोवार भएको छ।
यस्तै चाँदी आज प्रतितोला रु एक हजार १८५ मा कारोवार भएको छ।
मंगलबार चाँदी प्रतितोला रु एक हजार १५५ मा कारोवार भएको थियो। चाँदी प्रतितोला रु ३० ले वृद्धि भएको छ। रासस
प्रतिक्रिया