ad ad

कारोबार


यस्तो छ, काठमाडौं-तराई मधेश द्रुतमार्गको प्रगति विवरण

यस्तो छ, काठमाडौं-तराई मधेश द्रुतमार्गको प्रगति विवरण

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार १६:२३,

नेपाली सेनाको प्रत्यक्ष व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं-तराई मधेश द्रुतमार्गको प्रगति विवरण सार्वजनिक गरेको छ।

यस आयोजनाको समष्टिगत कार्य विवरण अनुसार हाल छैठौ चरणमा चलिरहेको छ।

नेपाली सेनाका अनुसार हालसम्म यस आयोजनाको वार्षिक प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र वित्तिय तर्फ ४२.८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिक तर्फ १६.२१ प्रतिशत रहेको छ भने वित्तिय तर्फ ९.५२ प्रतिशत रहेको छ। यस आयोजनाको वित्तीय प्रगति विवरण अनुसार हालसम्मको कुल वित्तिय खर्च १६ अर्ब ६६ करोड रहेको छ।

काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक खण्ड आयोजनाको कुल लम्वाई ७२.५ किमी मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाई ६.४१ कि.मी., विभिन्न पुलहरुको लम्बाई १०.५९ किमी र ढुङ्गा माटोको कट फिल गर्नुपर्ने सडक खण्डको लम्बाई ५५.५ किमी रहेको छ।

जस अन्तरगत आयोजनाको ४४.१ किमी सडक खण्डको सब ग्रेड लेभल सम्म तयार गर्न समष्टिगत माटो काट्ने/पुर्ने कार्यहरु हालसम्म ८८ प्रतिशत सम्पन्न भएको छ । २०७७ साल कार्तिक महिनासम्म सो आयोजनाको कुल कार्य अंशको थप ५.१०५ काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६.२१ प्रगतिशील प्रगति हासिल भएको छ।

यो आयोजनाको नेपाल सरकार, मन्त्रिपरिषद्‍को मिति २०७४ बैशाख २१ गतेको निर्णय अनुसार नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मेवारी दिइएको हो। आयोजनाको अनुमानित लागत रु. १अर्ब ७५ करोड रहेको छ।

द्रुतमार्ग आयोजना आ.व. २०८०/८१ मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ।

७२.५ किलोमिटर लामो यो आयोजना बागमती र २ नंम्बर प्रदेशका चारवटा जिल्लाहरु (ललितपुर काठमाण्डौं मकवानपुर बारा) हुँदै निजगढलाई अन्तिम बिन्दुको रुपमा प्रस्ताव गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .