ad ad

कारोबार


अमेरिकी चुनाव : जहाँ यी अर्बपतिको पैसाले मत ‘किन्न’ सकेन

अमेरिकी चुनाव : जहाँ यी अर्बपतिको पैसाले मत ‘किन्न’ सकेन

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार ५:४५,

अर्बपति माइकल ब्लुमबर्गले अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्र्याटलाई जिताउन रिपब्लिकनको बलियो पकड भएका राज्यहरु फ्लोरिडा, ओहायो र टेक्ससमा खर्च गरेको १० करोड अमेरिकी डलर त्यत्तिकै खेर गएको छ।

ती सबै राज्यमा डोनाल्ड ट्रम्पले विजय हासिल गरे। पार्टी क्याम्पेनको अन्तिम दिनसम्म ब्लुमबर्गले ट्रम्पले भन्दा धेरै पैसा खर्च गरेका थिए। फक्स न्युजका अनुसार तीनवटै ‘स्विङ’ राज्यहरुमा १० करोड डलर खर्च गरेका थिए। तर उनको त्यो पैसा मतदानमा निष्प्रभावी देखिएको हो।

न्युयोर्कका पूर्वमेयरसमेत रहेका ब्लुमबर्गले ‘रेडस्टेट’लाई ‘ब्लुस्टेट’ मा रुपान्तरण गर्ने डेमोक्रेटिक पार्टीको रणनीतिको एक भागका रुपमा रकम खर्च गरे पनि अन्तिम विजेता ट्रम्प नै भए। उनले सुपरप्याक, इनिडपेन्डेन्स यूएसएलगायतका टिभी विज्ञापनमा ओहायोमा मात्रै ३.७ मिलियन डलर खर्च गरेका थिए।

त्यस्तै फ्लोरिडामा सेप्टेम्बर र नोभेम्बरमा ३६ मिलियन डलर र टेक्ससमा सोही प्रकृतिको विज्ञापनमा ६.९ मिलियन डलर खर्च गरेको सीएनबीसीले जनाएको छ।

उनले बाइडेनलाई समर्थन गर्न आफ्नै कम्पनीहरुलाई समेत साझेदारी गर्न लगाएका थिए। हकिश नामक ब्लुमबर्गले स्थापना गरेको डाटाफर्मले मात्रै ३.२ मिलियन डलरभन्दा बढी रकम पाएको बताइएको छ। यो रकम ह्वाइटहाउस पुग्ने उनको आफ्नै राष्ट्रपतीय दौडको ब्लुमबर्गले खर्च गरेको १ अर्ब डलरमा थप हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .