नेपालीहरुको महान चाड बडा दसैँ सुरु भएसँगै सबै नेपालीहरुमा हर्षोउल्लास छाएको छ।
यस खुशीको अवसरमा सहभागिता जनाउनको लागि पोन्ड्स नेपालले ‘पोन्ड्स फेस्टिबल रेडी सेल्फी’ प्रतियोगिताको सुरुवात गरेको छ।
पोन्ड्स नेपालले महान चाड बडा दसैँ मनाउन उत्साहित नेपालीहरूको लागि सेल्फी प्रतियोगिता आयोजना गरेको छ।
यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि सहभागीहरुले दसैँ मनाउनको लागि तयार भएको आफ्नो फोटो खिचेर पोन्ड्स नेपालको अधिकारिक फेसबुक ह्याण्डलमा मेसेज पठाउनु पर्ने छ।
सो फोटोहरु प्राप्त भए पश्चात प्रतियोगीहरुको सहमतिसँग पोन्ड्स नेपालको अधिकारिक फेसबुक पेजमा पनि अपलोड गरिने छ र साथै सहभागीहरुले आफ्नो फेसबुक पेजमा पनि आफ्नो फोटो सेयर गर्नु पर्ने छ।
अपलोड भएका फोटोहरुमध्य ५ सहभागीहरुलाई छनौट गरी लक्की ड्र मार्फत यस प्रतियोगिताको बिजेता घोषणा गरिनेछ। बिजेताहरुले उपहार स्वरुप पोन्ड्सको तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन्। प्रतियोगिता कार्तिक ५ देखि १५ गतेसम्म सञ्चालन हुनेछ।
Shares
प्रतिक्रिया