ad ad

कारोबार


दुई महिनामा २० अर्ब ४४ करोडको वस्तु निर्यात, २४.९ प्रतिशतले घट्यो व्यापारघाटा

दुई महिनामा २० अर्ब ४४ करोडको वस्तु निर्यात, २४.९ प्रतिशतले घट्यो व्यापारघाटा

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ९:५०,

आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कुल वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भई २० अर्ब ४४ करोड पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५.९ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारततर्फ १८.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्पm क्रमशः ५४.९ प्रतिशत र २.९ प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा आयुर्वेदिक औषधी, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०७७÷७८ को दुई महिनामा कुल वस्तु आयात २२.१ प्रतिशतले घटेर रु.१७८ अर्ब ८५ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.२ प्रतिशतले घटेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, ४०.१ प्रतिशत र २३.६ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm वीरगञ्ज, भैरहवा, विराटनगर, नेपालगञ्ज, मेची, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्पm नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ।

आर्थिक वर्ष २०७७÷७८ को दुई महिनामा वस्तु व्यापार घाटामा सुधार आएको छ। यस्तो घाटामा २४.९ प्रतिशतले कमी आई १५८ अर्ब ४० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३.१ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही
अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।

यस्तो छ निर्यात–आयात मूल्य सूचकाङ्क
वार्षिक विन्दुगत आधारमा २०७७ भदौ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ०.७ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ४.० प्रतिशतले घटेको छ। २०७६ भदौ महिनामा ४.१ प्रतिशतले बढेको व्यापारको शर्त २०७७ भदौ महिनामा ४.९ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .