ad ad

कारोबार


‘क्लिन फिड’ राजपत्रमा प्रकाशित नभई लागू हुने!

‘क्लिन फिड’ राजपत्रमा प्रकाशित नभई लागू हुने!

नेपालखबर
साउन १०, २०७६ शुक्रबार १२:२९,

विज्ञापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उल्लेख भएको क्लिन फिड अर्थात् विज्ञापनरहित विदेशी च्यानलसम्बन्धी व्यवस्था ऐन राजपत्रमा प्रकाशित हुनुअगावै लागू हुने गरी संसदीय समितिले परिमार्जन गरेको छ।

यसअघि विधेयकमा राजपत्रमा प्रकशित भएपछि मात्रै क्लिन फिड लागू हुने उल्लेख थियो। तर प्रतिनिधिसभाको शुक्रबार बसेको विकास तथा प्रविधि समितिमा भएको दफावार छलफलमा उक्त बुँदालाई परिमार्जन गरी संसदले पास गरेपछि उक्त नीति स्वतः लागू हुने व्यवस्था गरिएको हो।

समितिकी सभापति कल्याणी खड्काले नेपालखबरसँग कुरा गर्दै उक्त विधेयकको दफावार छलफल जारी रहेको तर क्लिन फिडको विषयमा उल्लेख भएको बुँदाहरु भने पास भइसकेको जानकारी दिइन्। त्यसमा केही परिमार्जन पनि भएको उनले बताइन्। सभापति खड्काका अनुसार क्ल्नि फिड लागू गर्नको लागि राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि मात्रै लागू गर्नुपर्ने बुँदालाई परिमार्जन गरिएको छ। त्यस्तै पुराना सेवा प्रदायकहरुले ऐन कार्यान्वयनमा आएको एक वर्षभित्र क्लिन फिड कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ भने नयाँ सेवा प्रदायकहरुले भने ऐन लागू भएकै दिनदेखि क्लिन फिड लागू गर्नुपर्नेछ।

उक्त विधेयकको मस्यौदामा कस्ता स्थमानमा कुन–कुन वस्तुहरुको विज्ञापन गर्न सकिने, विज्ञापन बोर्डको गठन प्रक्रिया, बोर्डको काम, कर्तव्य अधिकार, बोर्डका अध्यक्षको योग्यता, प्रदेश तथा स्थानीय तहका सञ्चारमाध्यमबाट हुने विज्ञापनको नियमनलगायतका बुँदा रहेका छन्। अरु बुँदाहरु भने छलफलको क्रममा नै रहेको अध्यक्ष खड्काको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .