ad ad

कारोबार


यतिले पोखराबाट भैरहवा र भरतपुर उडान भर्ने

यतिले पोखराबाट भैरहवा र भरतपुर उडान भर्ने

वाशुदेव मिश्र
साउन ९, २०७६ बिहिबार १५:४२,

यति एयरलाइन्सले पोखराबाट नेपालका पर्यटकीय सहरहरुमा नियमित उडान गर्ने भएको छ।

पोखराबाट काठमाडौका लागि उडान भर्दै आएको एयरलाइन्सले पोखराबाट भैरहवा, भरतपुर (गोल्डेन ट्रयाङ्गल) मा थप उडान सुरु गर्ने घोषणा गरेको हो। एयरलाइन्सले पोखराबाट भैरहवाका लागि साउन १६ देखि र भदौ १५ देखि भरतपुरमा पनि नियमित उडान गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

यतिले पोखराबाटै भदौ २९ देखि माउण्टेन फ्लाइट सुरु गर्ने पनि जनाएको छ। पोखराबाट नेपालगञ्जनका लागि चार्टर्ड फ्लाइट सेवा पनि दिइने कम्पनीका बिक्री प्रबन्धक सरल राणाले जानकारी दिए।

पोखरा आएका पर्यटकलाई चितवन, लुम्बिनी जानका लागि यसअघि बुद्ध एयरले उडान भदै आएकोमा यतिले समेत सुविधा थपेपछि पर्यटकको लागि सहज हुने भएको छ। यतिले मात्र २० मिनेटमा उडानमार्फत पोखरा र भैरहवालाई जोडनेछ।

यस्तै पोखरा विमानस्थलबाट दैनिक ३० मिनेटको माउन्टेन फ्लाइट पनि सुरु गर्ने भएको छ। जसमा पर्यटकले माछापुच्छे«, अन्नपूर्ण, धौलागिरि जस्ता हिमश्रृंखलाको अलौकिक दृश्यावलोकन गर्न सक्नेछन्।

यस्तै, माउन्टेन फ्लाइटका लागि ८ हजार लाग्नेछ भने पोखरा पोखरा–भैरहवा उडानका लागि २ हजार ७ सय देखि बढीमा ४ हजार ३ सय ५० रुपैयाँ भाडा कायम गरिएको छ ।

यस्तै पोखरा–भरतपुरका लागि २ हजार ५ सय देखि ३ हजार ८ सय रुपैयाँ लाग्ने कम्पनीका प्रवक्ता भीमराज राईले जनाए। नेपालकै सबैभन्दा ठूलो हवाइ सञ्जाल रहेको यति एयरलाइन्स दक्षिण एशियाकै पहिलो कार्बन–न्यूट्रल एयरलाइन्स भएको कम्पनीको दावी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .