ad ad

कारोबार


सिटिजन्स बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८१ करोड

सिटिजन्स बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८१ करोड

नेपालखबर
साउन ९, २०७६ बिहिबार १५:२०,

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले हालका प्रमुख कर्जा अधिकृत सुमित बाबु खत्री, प्रमुख सञ्चालन अधिकृत पारस कुमार काफ्ले, प्रमुख जोखिम अधिकृत राजेन्द्रलाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।

आगामी कात्तिक १ गतेबाट लागू हुने चार जनालाई बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले जनाएको छ। उनीहरु सबै स्थापनाकालदेखि बैंकसँग आबद्ध रहेर विभिन्न ओहदामा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उनीहरुको लामो अनुभवले बैंकलाई थप उचाइमा लैजाने विश्वास व्यक्त गरे।

करिब १९ वर्षको बैंकिङ अनुभव भएका सुमितबाबु खत्रीले १५ वर्ष कर्जा विभागको विभिन्न ओहदामा रही कार्यसम्पादन गरिसकेका छन्। प्रमुख कर्जा अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका खत्रीअन्तर्गत हाल संस्थागत तथा व्यावसायिक बैंकिङ युनिट, उपभोक्ता बैंकिङ युनिट, एस.एम.ई. युनिट तथा सहवित्तीयकरण र पूर्वाधार बैंकिङ युनिट रहेका छन्।

त्यस्तै काफ्लेसँग १९ वर्षको बैंकिङ अनुभव छ। काफ्लेले विभिन्न ओहदामा रही बैंकिङ सेवा प्रवाह गरेका छन्। शाखाको सञ्चालन तथा व्यवस्थापन, नीतिनियमको अनुपालन, संस्थागत कर्जा तथा एस.एम.ई. कर्जा जस्तो क्षेत्रमा काम गरिसकेका छन् भने हाल प्रमुख सञ्चालन अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका छन्।

करिब १९ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका श्रेष्ठसँग शाखा सञ्चालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्तो क्षेत्रमा काम गरेको अनुभव छ। हाल उनी बैंकको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत छन्।

करिब १८ वर्षदेखि वाणिज्य बैंकमा सेवा प्रवाह गर्दै आएका शर्माले लामो समयसम्म कर्जा विभागमा उल्लेख्य काम गरेका छन्। हाल उनी प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका छन्। उनले मानव संसाधन विभाग, सामान्य सेवा विभाग, र कर्पोरेट कम्युनिकेसन विभागमा अनुभव संगालिसकेका छन् भने बैंकको प्रवक्ता समेत रहेका छन्।

बैंकले २०६४ वैशाख ७ गतेदेखि २०आैँ वाणिज्य बैंकको रुपमा स्थापना भई बैंकिङ सेवा पुर्‍याउँदै आएको छ। बैंकले आर्थिक वर्ष २०७५/०७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरी दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

बैंकको ८१ वटा शाखा, ७६ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ्ग एकाइ रहेका छन्। करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ।

बैंकले सातवटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ। त्यस्तै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .