ad ad

कारोबार


थाइ र एयर इण्डियाबाट ‘ग्राउण्ड ह्याण्डलिङ’को अनुमति फिर्ता लिने तयारी

थाइ र एयर इण्डियाबाट ‘ग्राउण्ड ह्याण्डलिङ’को अनुमति फिर्ता लिने तयारी

नेपालखबर
असोज १५, २०७७ बिहिबार १४:५९,

नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने भएको छ।

सरकारले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला प्राधिरकणले थाइ र एयर इण्डियालाई दिएको अनुमति पनि फिर्ता लिने तयारी भएको बताएको हो।

बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा प्राधिरकणका महानिर्देशक राजन पोखरेलले आफ्नो ग्राउण्ड ह्याण्डलिङ आफैँ गर्ने गरेका थाइ एयर र एयर इण्डियाको अनुमति फिर्ता लिने बताए। अहिले कोरोनाका कारण ती विमान कम्पनीका अधिकारीहरुसँग वार्ता गर्न सम्भव नभएकाले छिट्टै वार्ता गरि अनुमति फिर्ता दिइने उनले बताए।

पोखरेलले भने, ‘अब थाइ एयर र एयर इण्डियाले ग्राउण्ड ह्याण्डलिङको मौका दिने पक्षमा हामी छैनौं। अहिले कोभिडको बेला छ उहाँहरु उहाँ हुनुहुन्न आएपछि छलफल गरेर तपाईंहरुले सेल्फ ग्राउण्डिङ गर्न पाउनुहुन्न। तपाईको क्राइटएरिया मिट गर्दैन भन्छौ्। अब हाम्रो ग्राउण्ड ह्याण्डिलिङ सेवा दिने प्रदायक नेपाल सेवा निगम मात्रै हो यो कुरामा भ्रममा नपर्नुहोस।’

उनले काठमाडौं बेस भएर नयाँ वायुसेवा कम्पनीलाई सञ्चालनको अनुमति नदिने पनि उनले बताए। हिमालय एयरलाइन्सलई नियमाअनुसार सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएकाले राष्ट्रिय मुद्दा बनाउन नहुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .