हिमालय एयरलाइन्सले सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न पाउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालयलई ग्राउण्ड ह्याण्डलिङ गर्न अनुमति दिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा ३५ भन्दा बढी उडान गर्ने अनुमति पाएको वायुसेवा कम्पनीलाई यस्तो सुविधा दिने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ।
‘प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ अनुसार सुविधा दिएको हो’, प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले भने, ‘हिमालय एयरलाइन्सले निर्देशिकाको सो प्रावधान पूरा गरेकाले नियमानुसार सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न पाउने अनुमति दिएको हो।’
प्राधिकरणका अनुसार हिमालयले २०७६ चैत ७ गतेमा आवेदन दिएको थियो। निर्देशिकाको प्रावधान पूरा भएको प्राधिकरणले भदौ २८ गते अनुमति प्रदान गरेको बताएको छ।
हिमालय एयरलायन्सबाहेक एयर इन्डिया, थाई एयरवेज सेल्फ ग्राउण्ड हेण्डलिंग सेवा प्राप्त गरेका छन्।
प्राधिकरणले नेपाल वायुसेवा निगमलाई व्यावसायिक ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्न अनुमति दिएको छ।
निगमले आफ्नोबाहेक २५ विदेशी वायुसेवा प्रदायकहरुलाई समेत व्यावसायिक ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया