नेपालले करिब एक अर्ब रुपैयाँमा किनेका रेल धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरुवामा त्रिपाल ओढाएर पार्किङमा राखिएका छन्।
जनकपुर–जयनगर रुटमा चलाउन शुक्रबार तामझामसहित नेपाल भित्र्याइएका दुई रेल नेपाललाई हस्तान्तरण गरेपछि अहिले पार्किङमा राखिएका छन्। महंगो मूल्यमा नेपालले किनेको रेल कहिलेदेखि चल्छ भन्ने निश्चित छैन।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कोरोना संक्रमण कम हुनासाथ रेल नियमित सञ्चालन गर्ने बताएको छ।
नेपाल रेल्वे कम्पनीले डेढ सयभन्दा बढी कर्मचारीको भर्ना खुलाएको छ भने ड्राइभरसहितका २६ जना दक्ष जनशक्ति भारतबाट आउने बताइएको छ।
सन् २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग २ वटा रेल किन्ने सम्झौता भएको थियो। भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ।
प्रतिक्रिया