ad ad

कारोबार


बंगलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने

बंगलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने

नेपालखबर
असोज ५, २०७७ सोमबार १४:१०,

बंगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्नेभएको छ। आज कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले सहयोग गर्ने बताएका हुन्।

बंगलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउनलाग्दा सबै तर्फबाट सहयोग गर्न भारत तयार रहेको उनले बताएका हुन्। उनले रासायनिक मलको नियमित तथा दीर्घकालीन आपूर्तिका लागि भारत सधैँ तयार रहेको बताएका थिए।

छलफलमा द्धिपक्षीय सम्बन्ध, खाद्य गुणस्तर मापन, क्वारेन्टिनको प्रभावकारिता लगायतका विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा।. हरिबहादुर केसीले जानकारी दिए।

ढुवानीकालागि बोलपत्र आह्वान
गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि मन्त्रालयलाई सापटीमा मल ल्याउने अनुमति दिएपछि मन्त्रालयले कृषि सामग्री कम्पनीलाई जिम्मा दिएको छ । मन्त्रालयले अनुमति दिएसगैँ कृषि सामग्री कम्पनीले सात दिनको समय राखेर बोलपत्र (टेन्डर) आह्वान गरिसकेको छ। गत शनिबार बोलपत्र आह्वान भएको प्रवक्ता केसीले जानकारी दिए।

गत पुसमा मल ल्याउने ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा देशभर मल अभाव भएको थियो। किसानको मागअनुसार मल नआएपछि मन्त्रालयले बंगलादेशबाट सापटीमा मल ल्याउन लागेको हो। सापटीमा मल ल्याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदसँग टेलिफोनमा कुरा भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .