ad ad

कारोबार


पर्यटनमन्त्री भट्टराईले गरे विमानस्थलको अनुगमन

पर्यटनमन्त्री भट्टराईले गरे विमानस्थलको अनुगमन

नेपालखबर
असोज ५, २०७७ सोमबार १२:३९,

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। विश्व महामारीको रुप लिएको कोभिड १९ का कारण गत चैत दोस्रो हप्तादेखि बन्द आन्तरिक उडान आजबाट पुन संचालनमा आएपछि आजै मन्त्री भट्टराई त्यहाँको वस्तुस्थिति अवलोकन गर्न विमानस्थल पुगेका हुन्।

सो क्रममा मन्त्री भट्टराईले यात्रुहरुको चापको अवस्था, स्वास्थ्य सम्बन्धी प्रोटोकलको पालना लगायतका कुराहरुको अवलोकन गरेका थिए। साथै आवश्यक स्वास्थ्य सर्तकताका उपायहरुको प्रभावकारी पालनाका लागि नागरिक उडड्यन प्राधिकरणलाई निर्देशनसमेत दिए।

आजै मन्त्री भट्टराई पर्यटन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यलय पुगी भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको विभिन्न डिजाइनहरुको समेत अवलोकन गरेका थिए।

यस विमानस्थलको काम करिब ९२ प्रतिशत सकिएको छ। आगामी डिसेम्बरसम्म सबै काम सम्पन्न गरी मार्चबाट सञ्चालनमा ल्याउने लक्ष्य राखिएको यस विमानस्थलमा विद्युतीय उपकरण जडानको काम बाँकी छ। यसका लागि विदेशबाट जनशक्ति ल्याउनुपर्ने तर कोभिडका कारण जनशक्ति आउन ढिलाई भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .