ad ad

कारोबार


उपत्यकाको फोहोर व्यवस्थापन गर्ने बञ्चरे डाँडाको ल्याण्डफिल साइट दशैँअगाडि नै सम्पन्न हुने

उपत्यकाको फोहोर व्यवस्थापन गर्ने बञ्चरे डाँडाको ल्याण्डफिल साइट दशैँअगाडि नै सम्पन्न हुने

नेपालखबर
असोज ४, २०७७ आइतबार ८:७,

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइट निर्माणको काम दशैअगाडि नै सम्पन्न हुने बताएका छन्।

काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट निर्माणको काम दशैँअगाडि नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताए।

निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ। कोरोनाका कारण जारी भएको लकडाउनका कारण समस्या देखिए पनि दशैँअगाडि नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढिरहेको उनले बताए।

सिसडोल ल्याण्डफिल्ड साइट निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले ८५ प्रतिशतसम्म काम सकिएको बताए। वर्षाको समय र लकडाउनका कारण केही ढिला भए पनि अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए। ल्याण्डफिल्डसँग जोडिएका अरु क्षेत्रमा पनि काम अगाडि बढेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्ने गरी अगाडि बढिरहेको उनले बताए।

आयोजनाका फिल्ड सुपरभाइजर प्रतिक तामाङले लकडाउन खुलेपछि रफ्तारमा काम अगाडि बढिरहेको बताए। असोज अन्तिमसम्म फिल्ड निर्माणको काम सक्ने र कात्र्तिक पहिलो हप्ता सबै काम सम्पन्न गर्ने गरी अगाडि बढीरहेको उनको भनाइ छ।

बन्चरे डाँडामा काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुनेछ। बन्चरेडाडाँमा ल्याण्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिएपनि वर्षौसम्म फोहोर व्यवस्थापन गरिदा ल्याण्डफिल्ड साइड भरिएको छ । स्थानीयले सोही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटक पटक निर्माणमा अवरोध गर्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .