ad ad

कारोबार


ओपोद्वारा वैश्विकस्तरमा कलरओएस ११ सार्वजनिक

ओपोद्वारा वैश्विकस्तरमा कलरओएस ११ सार्वजनिक

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ९:५२,

वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले एक अनलाइन प्रेस कन्फरेन्स मार्फत नयाँ कलरओएस ११को ग्लोबल लञ्च गरेको छ। यस सँगै ओपोले वैश्विक प्रयोगकर्तालाई नयाँ एन्ड्रोइड ११ अपडेट उपलब्ध गराउने पहिलो मध्यकै एके ओईएमएसका रुपमा ईतिहास समेत रचेको छ।

‘मेक लाइफ फ्लो’ अवधारणामा आधारित कलरओएस ११ले पछिल्ला संस्करणका उत्कृष्ट एन्ड्रोइड फिचर्सलाई निरन्तरता दिँदै ओपोका प्रयोगकर्ताले चाहेको जस्तै उत्कृष्ट यूआई कस्टमाइजेशनपनि उपलब्ध गराउँछ। गूगलको एन्ड्रोइड ११ घोषणा पछ्याउँदै द्रुत प्रक्षेपनका साथ सार्वजनिक यो सार्वजनिक हुनु दूई कम्पनी विचको नजिकको सहकार्य हो।

 प्रयोगकर्ताको ब्यक्तित्व झल्काउने नयाँ श्रेणीको यूआई कस्टमाइजेशन सुविधा
कलरओएस ११ले अदृतिय यूआई कञ्टमाइजेशनको सुविधा उपलब्ध गराउँदै प्रयोगकर्तालाई आफ्नो सिर्जनशिलता झल्काउँदै आफू अनुकुल ब्यक्तिगत तथा पृथक अनुभव लिन सघाउँछ। प्रयोगकर्ताले आफ्नो चाहना अनुसार अल्वेज-अन डिस्प्ले, थिम, वालपेपर तथा फोन्ट्स, आइकनस र रिंगटोनको चयन गर्न सक्छन्। यो नयाँ अपडेटले एन्ड्रोइडको पछिल्लो डार्क मोडलाई तीन कलर स्किम तथा कन्ट्रास्ट लेभलका साथ अझ सुदृढ रुपमा प्रस्तुत गरेको छ। साथै, ओपो रिल्याक्स २.०ले प्रयोगकर्तालाई विश्वभरका सहरबाट संकलित आवाज मार्फत आफ्नो चाहना अनुसार ह्वाइट न्वाइज मिक्स बनाउन सघाउँछ।

005.jpg

‘कलर ओएस ११को यूआई कस्टमाइजेशनको जड तिनको अझ ब्यक्तिगत र पृथक फोन प्रयोग अनुभवको चाहना हो’ ओपो कलरओएस डिजाइन प्रोजेक्टका लिड लिन्न नीले भने, ‘प्रयोगकर्ताहरुका प्रतिक्रियालाई दृष्टिगत गर्दै कलरओएस समुहले विभिन्न फिचर्सहरु समाहित गर्न पर्सनलाइज्ड यूआई उपलब्ध गराएको हो। यसो गरिरहँदा प्रयोगकर्ताले आफ्ना सिर्र्जनशिलता प्रस्फूटन गर्दै फोन माथिको आफ्नो नियन्त्रणको समेत अनुभव गर्न पाउन भन्ने तिर हामीले विशेष ध्यान दिएका छौँ।’

बृहत सुदृढ कार्य प्रदर्शनी
कलरओएस ११मा काम र जीवनको सम्पादनमा सुधारका लागि विभिन्न उपयोगी फिचर्सहरु उपलब्ध गरिएका छन्। ओपो र गूगलको सहकार्यमा पहिलो निर्मित गूगल लेन्सद्वारा सञ्चारित थ्री फिंगर ट्रान्सलेट तिनकै एक नमुना हो। यसले तीन औँलाको सहायताद्वारा खिचिएको साधारण स्क्रिनशट मार्फत अक्षर अनुवाद गर्छ।

यसमा रहेको फ्लेक्सड्रप फिचरले मल्टि(टास्किङका लागि सरल र सहज समाधान उपलब्ध गराउँछ। यसको सहायताबाट प्रयोगकर्ताले भिडियो हेर्दै टेक्स्ट गर्न सक्छन्। विशेषत गेमर्स तथा भिडियो प्रेमीहरुका लागि यो फिचर उपयोगी हुनेछ। साथै, प्रयोगकर्ताले सहतापूर्वक स्विट्च गर्दै विभिन्न स्मार्ट होम डिभाइसेजपनि नयाँ डिभाइस कन्ट्रोल मेनु मार्फत अन्य एप डाउनलोड विनै नियन्त्रण गर्न सक्नेछन्।

यसमा ब्याट्रीललाई लामो समय सम्म टिकाउने सोचका साथ नयाँ सुपर पावर सेभिङ मोडपनि दिइएको छ। यसको सहायताबाट प्रयोगकर्ताले लो(ब्याट्री भएको अवस्थामा समेत ६ ओटा एप छनोट गरी चलाउने सुविधा पाउन सक्छन्। साथै, यसमा रहेको ब्याट्री गार्डले अस्थिर पावर भोल्टेज भएको अवस्थामा समेत लामो समय सम्म चार्ज गर्नु पर्दा ब्याट्रीलाई सुरक्षा प्रदान गर्छ। यसले रातको समयमा स्वचालित रुपमै चार्ज ८० प्रतिशत पुगेको अवस्थामा चार्जिङ प्रक्रियालाई रोकी प्रयोकर्ता उठ्ने समयसम्म का लागि पूर्ण चार्ज हुने प्रक्रियालाई रोकि दिन्छ।

016.jpg

‘मेक लाइफ फ्लो’का लागि अदृतिय स्मूथनेस
हाई फ्रेम रेट्सलाई औद्योगिक सम्पन्नता मानिएतापनि कतिपय फोनहरुमा कहिले काहीँ ल्याग हुने तथा अड्किने समस्या देख्न सकिन्छ। यसको समाधानार्थ कलरओएस ११ले यूआई फस्र्ट २.० उपलब्ध गराएको छ। यसले ओपोको स्वामित्वमा रहेको ल्याग रिड्यूसिङ ईञ्जिनलाई क्वान्टम एनिमेशनसंग समायोजन गर्छ। यसले ¥यामको प्रयोगमा ४५ प्रतिशतले सुधार ल्याउँदै रेस्पोन्स रेटलाई ३२ प्रतिशतले र फ्रेम रेटमा १७ प्रतिशतले सुधार ल्याउन सघाउँछ।

त्यसैगरी यसमा रहेको एआई एम प्रिलोडिङले प्रयोकगर्ताको बानी बुझ्दै अत्यधिक प्रयोगहुने एप्स प्रिलोड गरी लोडिङ समयमा उल्लेख्य सुधार दिन्छ। यसमा रहेको सुपरटचले बुद्धिमता पूर्वक प्रयोग अवस्थाको पहिचान गरी टच रेस्पोन्समा सुधार ल्याउँदै प्रणालीगत प्रवाहमा सुधार ल्याउँछ।

प्रयोगकर्ताको सुरक्षा र गोपनियताको सुरक्षा
कलरओएस ११ले पछिल्ला संस्करणका उत्कृष्ट गोपनियताका विकल्पलाई निरन्तरता दिँदै थप गोपनियता सुरक्षा तथा डाटा सुरक्षण फिचर्सपनि उपलब्ध गराएको छ। प्राइभेट सिस्टमले छुट्टै नयाँ प्रणालीको स्थापना गरी वास्तविक भन्दा पृथक एप्स तथा डाटाका भर्जन सिर्जन गर्छ र तिनलाई स्वतन्त्ररुपमा प्रयोग गर्ने वातावरण उपलब्ध गराउँछ। यि माथि नियन्त्रणका लागि छुट्टै फिंगरप्रिन्ट वा पासवर्डको आवश्यकता पर्छ।

एपलकका लागि नयाँ सर्टकटले प्रयोगकर्तालाई पासवर्ड, फिंगरप्रिन्ट वा फेशियल भेरिफिकेशनको प्रयोग गर्ने अवसर प्रदान गछ। त्यसैगरी परमिशन प्रणालीपनि अस्थाई अमुमतिका साथ थप सुदृढ गरिएको छ। यस अन्तर्गत क्यामेरा रिसेट, माइक्रोफोन तथा लोकेशन एक्सेस लगायत एप बन्छ गरे पश्चात रिसेट हुने गर्छ। त्यसैगरी अटो रिसेट परमिशनले लामो समय सम्म प्रयोग नगरिएको अवस्थामा एप पर्मिशन सेटिङलाई डिफल्टमा फर्किन मद्दत गर्छ। संकास्पद एपलाई अन्य एप डाटासम्म पहुँच बनाउनपनि यसले रोक्ने कार्य गर्छ। त्यसैगरी, स्कोप्ड स्टोरेजले फोन डाटामाथि को पहुँच रोक्दै दिनै पर्ने अवस्थामा अनुमतिको माग गर्छ।

कलरओएसको ईतिहासमै हालसम्मकै छिटो र बृहत्त रोलआउट

कलरओएस ११को बेटा भर्जन सार्वजनिकले प्रविधि प्रेमी प्रयोगकर्तालाई आधिकारिक सार्वजनिकको करिव १ हप्ता अगाडी यसमा पहुँच बनाउँदै नयाँ फिचर्सका बारेमा अन्वेषण गर्न र प्रतिक्रिया दिने अवसर प्रदान गरेको छ। कलरओएस ११ ब्याट्च बाई ब्याट्च एप्रोचबाट सार्वजनिक गरिनेछ। यसको सुरुवात फाइन्ड एक्सटू सिरिज र रेनोथ्री सिरिज मार्फत हुने जानकारी दिइएको छ। पूर्णतः रोलआउट हुँदा यसले फाइन्ड, रेनो, एफ, के र ए सिरिज अन्तर्गतका २८ भन्दा बढी फोन मोडलहरु समेट्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .