ad ad

कारोबार


जाँदाजाँदै कुलमानले भने : म प्राधिकरणको निर्विकल्प व्यक्ति होइन

जाँदाजाँदै कुलमानले भने : म प्राधिकरणको निर्विकल्प व्यक्ति होइन

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ९:५२,

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफू प्राधिकरणको विकल्परहित व्यक्ति नभएको बताएका छन्।

प्राधिकरणको चार वर्ष नेतृत्व सम्हालेका उनलाई आज कार्यक्रम गरी विदाइ गरिएको हो। उनले प्राधिकरणमा कुल २६ वर्ष पूरा गरी आजदेखि औपचारिक विदा भएका हुन्।

प्राधिकरणमा अन्य क्षमतावान् व्यक्तिहरु आएर पनि राम्रो गर्नसक्ने उनले बताए। आफुले ४ वर्ष कार्यकारी निर्देशकको भूमिकामा रहँदा जस्तोसुकै दबाबको बाबजुद पनि प्राधिकरणको हितमा अडान लिएको बताए।

आफ्नो हितको लागिभन्दा पनि संस्थाको लागि धेरै अडान दिएकै कारणले संस्थाले सफलता पाएको निवर्तमान कार्यकारी निर्देशक घिसिङले बताए।

kulman bidai 69

‘प्राधिकरणमा क्षमतावान् धेरै हुनुहुन्छ, म विकल्परहित व्यक्ति होइन’, उनले भने, ‘अर्को कुरा हामीले सही सूचनाहरु मिडियामा दिने काम गर्यौँ जसले प्राधिकरणले गरेको कामबारे जनताले पनि सुसूचित हुन पाए।’

प्राधिकरणमा रहेका कर्मचारी संगठन, सञ्चालक समितिको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै उनले सामूहिक पहलबाट प्राधिकरणले सफलता पाएको बताए। योभन्दा अघि प्राधिकरणको नेतृत्व कसले गरेको भन्ने थाहा नपाउने सर्वसाधारणहरुलाई समेत अहिले सबै जानकारी हुने गरेको उनको भनाइ थियो।

kulman bidai 68

यसलाई संस्थाको ठूलो उपलब्धिका रुपमा घिसिङले लिए। उनले भने, ‘विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भनेको धेरै ठूलो पद पनि होइन तर पनि आज को प्राधिकरणमा जाने भन्ने विषयमा यति धेरै चर्चा छ। त्यो प्राधिकरणकै राम्रो पक्ष हो।’

प्राधिकरणमा आफू चार वर्ष कार्यकारी निर्देशकको रुपमा रहँदा प्रसारणलाइन, नयाँ आयोजनाको थालनीदेखि निर्माणाधीन आयोजनाहरुमा उल्लेख्य काम गरेको र लोडसेडिङ हटाएकै कारण देशको सबैभन्दा धेरै नाफा कमाउने संस्थानको रुपमा अहिले देखिएको उनले बताए।

यो पनि–
कुलमानको विदाइमा कर्मचारीले भने– १५ दिनभित्र पुनः स्वागत गर्न पाइयोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .