नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा आफ्नो एक कार्यकाल पुरा गरेका कुलमान घिसिङको प्राधिकरणमा विदाइ गरिएको छ।
प्राधिकरणका कर्मचारीले एक विशेष कार्यक्रम आयोजना गरि मंगलबार उनको विदाइ गरेका हुन्।
कार्यक्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले कुलमान घिसिङको कार्यकालमा प्राधिकरणले छलाङ मारेको बताएका थिए।
उनले धेरै चुनौतिको बाबजुद पनि उनकाे कार्यकालमा प्राधिकरणले ठूलो फड्को मारेको बताए।
उनले अबको १५ दिनमा पुनः प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा नै स्वागत गर्न पाइओस् भनी आशा व्यक्त गरे।
विदाइ कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले घिसिङले कार्यकारी निर्देशकको रुपमा मात्र नभई प्राधिकरणमा २६ वर्षदेखि दिएको महत्वपूर्ण योगदान तथा सेवा गौरव गर्न लायक रहेको बताएका थिए।
अर्का उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई उपहार प्रदान गरेका थिए।
प्रतिक्रिया