ad ad

कारोबार


४०९ जना नेपाली फर्किए, चार शव पनि ल्याइयाे

४०९ जना नेपाली फर्किए, चार शव पनि ल्याइयाे

नेपालखबर
भदौ १५, २०७७ सोमबार १४:२२,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका दुई चार्टर्ड उडानमार्फत ४०९ नेपाली स्वदेश फर्किएका छन्। विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्सले दुबईबाट २५४ यात्रु तथा चार शव नेपाल ल्याएको छ भने हिमालय एयरलाइन्सले अबुधाबीबाट १५५ यात्रु र एक बच्चा काठमाडौँ ल्याएको छ।

थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दोहाबाट समान एक उडान गर्नेछन्। दुवै एयरलाइन्सका जहाज आज राति त्यसतर्फ प्रस्थान गर्ने विमानस्थलले जनाएको छ।

मंगलबार पनि नेपाल एयरलाइन्सका दुई र हिमालय एयरलाइन्सका दुई तथा एयर अरेबियाको एक गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन्। नेपाल एयरलाइन्सले दोहा र कुवेतबाट तथा हिमालयले दोहा र चीनको कुनमिङबाट नेपाली फर्काउने छ। एयर अरेबियाले सारजाहबाट नेपालीलाई घर फर्काउने उडान तालिका रहेको छ।

आन्तरिकतर्फ आज सात वायु सेवा कम्पनीले चार्टर्ड उडान भरेका छन्। समिट एयरले डोल्पा र सिमिकोट एक एक उडान गरेको छ। मनाङ एयरले फाप्लु, कैलाश हेलीले बुटवल र सीता एयरले सुर्खेत र नेपालगञ्जमा उडान गरेको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .