सेयरबजारमा आज ३९ करोडको सेयर खरिदबिक्री भएको छ। अघिल्लो दिनको तुलनामा यो ५८ करोडले कमको कारोबार हो।
अघिल्लो दिन नेप्से घट्दा पनि ९७ करोडको कारोबार भएको थियो तर आजदेखि संघीय राजधानीमा एक हप्ते निषेधाज्ञा लागू भएसँगै यसको प्रभाव सेयरबजारमा देखिएको छ।
आज बिहीबार नेप्से सूचक ६.२८ अंकले र सेन्सिटिभ सूचक १.३० अंकले बढेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ सय ८२ कम्पनीको कारोबार भएको छ। दिनभरिमा ८ हजार ३ सय २६ पटकको खरिदबिक्रीमा १२ लाख १४ हजार ५ सय १४ कित्ता सेयर बिक्री भएको छ। कुल १२ समूहमध्ये आज म्युचुअल फन्ड र होटलबाहेक बाँकी समूहको कारोबार सूचक हरियो छ।
आज समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य ९.९२ अंकले बढेको छ। सोही आधारमा कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १२ रुपैयाँ कमाएका छन्। त्यस्तै सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ५.७५ प्रतिशतले बढेको छ। त्यस्तै विशाल बजार कम्पनीको ५.५२ प्रतिशतले, सूर्योदय लघुवित्त वित्तीय संस्थाको ३.८९ प्रतिशतले सेयर बढेको छ।
गुमाउने कम्पनीमा जोशी हाइड्रोपावर अगाडि छ। उसको सेयर ६.४५ प्रतिशतले ओरालो लागेको छ। त्यस्तै, साधना लघुवित्तको पनि २.९९ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ।
कारोबारमा भने आज नेको इन्स्योरेन्स अगाडि छ। कम्पनीको ३ करोडको, नागरिक लगानी कोषको २ करोड ३९ लाखको, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ३० लाखको, नेपाल बैंकको १ करोड ६८ लाखको, शिवम् सिमेन्टको १ करोड ५१ लाखको, नेपाल लाइफा इन्स्योरेन्सको १ करोड ३१ लाखको, एनएमबी बैंकको १ करोड २५ लाखको सेयर कारोबार भएको छ।
प्रतिक्रिया