ad ad

कारोबार


चौधरी फाउण्डेसनद्वारा प्रदेश सरकारलाई भेन्टिलेटर हस्तान्तरण

चौधरी फाउण्डेसनद्वारा प्रदेश सरकारलाई भेन्टिलेटर हस्तान्तरण

नेपालखबर
भदौ २, २०७७ मंगलबार ८:३३,

प्रदेश नं १ सरकारलाई चौधरी ग्रुपअन्तर्गतको सामाजिक संस्था चौधरी फाउण्डेसनले आज यहाँ पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ। सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका वरिष्ठ प्रबन्धक रामजी कटुवालले एक थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरे।

त्यस अवसरमा मन्त्री घिमिरेले कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साधन सम्पन्न गरी लक्षण देखिएका बिरामीको उपचार गरिने तथा अन्यको स्थानीयस्तरकै आइसोलेसनमा राख्ने व्यवस्थापन मिलाइएको बताए।

उनले संक्रमण भएको स्थानमा लक्षित समूहको पीसीआर परीक्षण गर्नेगरी प्राथमिकता निर्धारण गरिएको उल्लेख गरे। मन्त्री घिमिरेले कोभिड–१९ नियन्त्रण सरकारबाट मात्रै सम्भव नभएकाले सबैको सहाकार्यबाट नै यसको रोकथाम गर्न सकिनेछ भने।

चौधरी फाउण्डेसनका प्रबन्धक कट्वालले देशभरि आठ वटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिँदै फाउण्डेसनले आगामी दिनमा स्वास्थ्य उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .