ad ad

कारोबार


‘विवादमा परेको बोइङ ७३७ म्याक्स विमान चाँडै उडानमा फर्किने’

‘विवादमा परेको बोइङ ७३७ म्याक्स विमान चाँडै उडानमा फर्किने’

नेपालखबर
साउन २०, २०७७ मंगलबार ८:०,

बोइङले ७३७ म्याक्स विमान सन् २०२१ को सुरुवातमै उडानमा फर्कने विश्वास व्यक्त गरेको बीबीसीले जनाएको छ।

अमेरिकी संघीय उड्डयन प्रशासन ‘एफएए’ले बोइङ ७३७ म्याक्स शृंखलाका विमानहरु पुनः उडानका लागि हालै परीक्षण गरेको थियो।

अधिकारीहरुका अनुसार संघीय प्रशासनले तोकेका कार्यविधि पूरा भए नभएको बारेमा जाँच गर्न परीक्षण उडानको अनुमति दिइएको थियो।

उक्त परीक्षण उडान सफल भएको थियो। तर यी उडानको सफलतापछि पनि तत्कालै बिमानलाई आमजनताको सेवाका लागि प्रयोगमा ल्याइने छैन।

एफएएका अनुसार बोइङले ७३७ म्याक्स विमान दुर्घटनामा देखिएका समस्याहरु समाधान गरिसकेको छ। अरु केही प्राविधिक परीक्षण पनि गर्नुपर्ने एफएएको भनाई छ।

एफएएले सम्पूर्ण प्राविधिक जाँच सम्पन्न भएर सन्तोषजनक नतिजा प्राप्त भएपछि मात्र उडान अनुमति दिइने जनाएको छ।

यसबीचमा बोइङले आफ्ना ७३७ म्याक्स विमानहरु चाँडै उडानमा फर्कने अपेक्षा गरेको हो।

एकपछि अर्को बिमान दुर्घटनाग्रस्त हुन थालेपछि एफएएले म्याक्स शृंखलाका बिमान उडाउन प्रतिबन्ध लगाएको थियो।

बोइङको ७३७ म्याक्स जेटहरु गत वर्ष मार्चदेखि नै विश्वभर उडान प्रतिबन्धित छन् र जहाजहरु विमानस्थलहरुमा थन्किएका छन्।

एक वर्षभित्रै दुई वटा बिमान दुर्घटना भएपछि विश्वका विभिन्न देशले यो जहाजको उडानमा प्रतिबन्ध लगाएका थिए।

अनुसन्धाताहरुले बिमानको फ्लाइट कन्ट्रोल सफ्टवेयरमा समस्या आएका कारण बिमान दुर्घटना हुने गरेको अनुमान गरेका छन्।

म्याक्स ७३७ दुर्घटनाका श्रृंखला

१. इन्डोनेसियाको लाएन एयरलाइन्स दुर्घटनाः सन् २०१८ को अक्टोबर २९ मा भएको दुर्घटनामा १ सय ८९ जनाको मृत्यु भएको थियो।

२. इथियोपियाको इथियोपियन एयरलाइन्स दुर्घटनाः सन् २०१९ मार्च १० मा भएको दुर्घटनामा विमानमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .