ad ad

कारोबार


टेलिकमले ल्यायो यस्तो सुविधा

टेलिकमले ल्यायो यस्तो सुविधा

नेपालखबर
साउन १३, २०७७ मंगलबार १२:९,

नेपाल टेलिकमका विभिन्न सेवाहरुको टपअप (रिचार्ज) गर्नका लागि यूएसएसडी कोड *४१२# प्रयोग गर्न सकिने भएको छ। कम्पनीको जिएसएम मोबाइलबाट *४१२# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ। त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ। यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ।

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप (एसआईपी) सेवाहरुको रिचार्ज यूएसएसडी कोड प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ।

त्यसैगरी नयाँ सिम एक्टीभेट गर्न हाल १४१५ मा कल गरी ‘फस्र्ट कल एक्टिभेसन’ गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले *१४१४# डायल गरी एफसीए गर्न सकिने व्यवस्था मिलाएको छ। नेपाल टेलिकम एप र कम्पनीको वेबसाइट (क्लिक गर्नुहाेस्) मार्फत रिचार्ज गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाको रिचार्ज समेत थप सहज रुपले गर्न सकिने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .