नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५ सयले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ६५ निर्धारण गरेको छ।
बुधबार एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको थियो।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० तोकिएको थियो। यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १० ले वृद्धि भएर एक हजार १४५ पुगेको छ। रासस
प्रतिक्रिया