ad ad

कारोबार


धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, ऋणपत्रका लागि छुट्टै नियमावली बनाइने

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, ऋणपत्रका लागि छुट्टै नियमावली बनाइने

नेपालखबर
साउन ४, २०७७ आइतबार १२:५७,

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७७।७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ऋणपत्रको लागि छुट्टै नियमावली बनाउने घोषणा गरेका छन्।

उनका अनुसार सरकारी र संस्थागत ऋणपत्रको दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाइने छ। त्यसको लागि निवमावली बनाइने ढुंगानाले बताए।

साथै एकीकृत ग्राहक कार्ड वितरण हुने उनले जानकारी दिए। त्यस्तै चालु आवदेखि बुक बिलिङ प्रणालीबाट आईपीओ जारी हुने व्यवस्था हुने भएको छ।

बजार विकासको लागि सर्ट सेलिङको विषयमा अध्ययन गरी आवश्यक कार्य अघि बढाइने भएको छ। विकासात्मक ४० वटा कार्यक्रम सम्पन्न गर्ने बोर्डको नीति रहेको नीति तथा कार्यकममा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .