ad ad

कारोबार


अब कागजको बोटलमा जोनी वाकर ह्विस्की

अब कागजको बोटलमा जोनी वाकर ह्विस्की

नेपालखबर
असार ३१, २०७७ बुधबार ८:५७,

‘जोनी वाकर’ ह्विस्की अब कागजको बोटलमा बजारमा आउने भएको छ। डेढ सय वर्ष लामो व्यावसायिक इतिहास बोकेको कम्पनी डियागोले अर्को वर्षदेखि कागजको बोटलमा उक्त ह्विस्की ल्याउनलागेको हो।

वातावरण प्रदूषणलाई कम गर्न पूर्ण प्लाष्टिकमुक्त बोटलमा ह्विस्की बिक्री गर्नलागेको कम्पनीले जनाएको छ।

यसका लागि डियागोले ‘पल्पेक्स’ फर्म खडा गरेर यसमा काम गर्नेछ। पल्पेक्सले युनिलिभर र पेप्सिकोका लागि पनि कागजी बोटल बनाउँछ । डियागोको कागजी बोटल सन् २०२१ मा परीक्षण प्रयोग गरिनेछ । उक्त बोटल पुनप्रयोग गर्न मिल्ने बनाइनेछ।

रक्सी कम्पनीहरुले वातावरणमैत्री हुन अहिले प्लाष्टिकमुक्त प्योकिजिङलाई जोड दिन थालेका छन्। अर्को चर्चित कम्पनी काल्र्सबर्गले पनि बियरको कागजी बोटल बनाउनलागेको छ । बेलायती वाइन कम्पनी फ्रुजेलप्याकले पनि यो विधि अपनाइरहेको छ ।

तर कोका–कोलाले भने ग्राहकले रुचाइरहेकोले एकपटक प्रयोगका लागि प्लाष्टिक बोटललाई नै निरन्तरता दिने बताएको छ । डियागोले व्यवस्थापन कम्पनी पाइलट लिटसँग मिलेर पल्पेक्स फर्म खडा गर्नेछ । युनिलिभर र पेप्सिकोले पनि आफ्नै ब्रान्डको पल्पेक्स बोटल सन् २०२१ मा निर्माण गर्नेछन् ।

प्लाष्टिकको बढ्दो प्रयोगले वातावरण प्रदूषित भएको भन्दै कम्पनीहरुमाथि दबाब बढिरहेको छ । सन् २०१८ मा प्याकेज खाना र पेय पदार्थमा ८२ लाख टन प्लाष्टिक प्रयोग भएको आईएलजी एनालिष्टले जनाएको छ । डियागोले भने आफूले कुल प्याकेजिङमा केवल ५ प्रतिशत प्लाष्टिक प्रयोग गर्ने गरेको जनाएको छ। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .