ad ad

कारोबार


भारतमा १० अर्ब डलर लगानी गर्दै गुगल

भारतमा १० अर्ब डलर लगानी गर्दै गुगल

नेपालखबर
असार ३१, २०७७ बुधबार ८:५०,

सर्चजायन्ट कम्पनी गुगलले भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ।

गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले आगामी ५ देखि ७ वर्षसम्ममा उक्त लगानी गर्ने घोषणा गरेका हुन्।

‘भारतका लागि गुगल’ अनलाइन वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दैै उनले लगानीको घोषणा गरेको बीबीसीले जनाएको छ।

उक्त लगानी वस्तु र सेवा उत्पादनमा खर्च हुनेछ भने व्यवसायको डिजिटाइजेसन र प्रविधि प्रयोगमा खर्च हुनेछ ।

भारतले डिजिटल अर्थतन्त्रलाई जोड दिइरहेकाले गुगलले त्यसमा सहयोग गर्ने हेतुले लगानी घोषणा गरेको हो ।

भारतमा ५० करोड सक्रिय इन्टरनेट प्रयोगकर्ता छन् । यस अर्थमा भारत गुगलको ठूलो सम्भावनायुक्त बजार हो । घोषित लगानी रकम गुगल फर इन्डिया डिजिटाइजेसन फन्डबाट आउनेछ । उक्त फन्डले चार क्षेत्रलाई समेट्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .