ad ad

कारोबार


लकडाउनकै अवधिमा उद्योग क्षेत्रमा आयो २ अर्ब ७४ करोड लगानी

लकडाउनकै अवधिमा उद्योग क्षेत्रमा आयो २ अर्ब ७४ करोड लगानी

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार १०:५२,

नेपालको उद्योग क्षेत्रमा लकडाउनकै अवधिमा पनि लगानी भित्रिएको छ। उद्योग विभागबाट २ अर्ब ७४ करोड ९० लाख रुपैयाँ लगानी स्वीकृत भएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको जानकारीअनुसार ११ वटा उद्योगमा ९२ करोड ७० लाख रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ।

त्यस्तै स्वदेशी लगानी ४ वटा उद्योगमा १ अर्ब ८२ करोड ७० लाख रुपैयाँ स्वीकृत भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव प्रकाश दाहालले जानकारी दिए।

उनका अनुसार विदेशी लगानी आएकामध्ये ७ वटा उद्योग चीनका रहेका छन्। जसमा ७२ करोड ७० लाख रुपैयाँ रहेको छ। त्यस्तै भारत, दक्षिण कोरिया, नेदरल्याण्ड र मलेसियाबाट ५/५ करोड लगानी आएको हो।

यसैगरी, मन्त्रालयले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा २० मा व्यवस्था भएको औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको काममा सहयोग गर्न उद्योग वाणिज्यय तथा आपूर्तिमन्त्री लेखराज भट्टको संयोजकत्वमा उद्योग तथा लगानी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु एवं सम्बन्धित क्षेत्रमा विज्ञहरु रहने गरी एक उच्चस्तरीय औद्योगिक तथा लगानी नीति मञ्च गठन गरेको छ।

प्रवक्ता दाहालका अनुसार मञ्चलाई प्रचलित कानुनद्वारा तोकिएको कार्यहरुको अतिरिक्त छिमेकी मुलुकहरुको उद्योग तथा लगानीसम्बन्धी व्यवस्था अध्ययन गरी सिफारिस गर्ने र समग्र लगानीको विषयमा परामर्श तथा दिन कार्यदिशा तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .