ad ad

कारोबार


बजेटमाथि सत्तारुढ दलकै सांसदले आशंका गरे, विश्वसनीयतामै प्रश्न उठ्यो : प्रकाशमान सिंह

बजेटमाथि सत्तारुढ दलकै सांसदले आशंका गरे, विश्वसनीयतामै प्रश्न उठ्यो : प्रकाशमान सिंह

नेपालखबर
जेठ १८, २०७७ आइतबार ८:१४,

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सत्तारुढ दलकै सांसदहरुले बजेटमाथि आशंका गर्दा यसको विश्वसनीयता माथि नै प्रश्न उठेको बताएका छन्।

बजेटमा अमेरिकी सहयोग परियोजना एमसीसीको बुँदा घुसाइएको भन्दै नेकपाभित्र विरोध भइरहेको प्रशंगमा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘बजेटमा ४ सय केभी क्षमताको अन्तर्देशीय प्रसारणलाइनको लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी अन्तर्देशीय प्रसारण निर्माण गर्ने राखेको छ। यो बजेट कतिको विश्वसनीय छ। यसलाई सत्तारुढ पार्टीले अगाडि नबढाउने भनेको छ। यसले बजेट कति विश्वसनीय छ भन्ने छ। कार्यान्वयनमा यतिकै फितलो हुनेछ।’

आर्थिक वर्ष २०७७÷०७८को बजेटमाथिको राजस्व र व्ययको अनुमानमाथिको सैद्धान्तिक छलफलमा उनले कोरोना महामारीबाट अर्थतन्त्रमा पार्ने प्रभावलाई सरकारले नजरअन्दाज गरेको बताए।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई सरकारले गम्भीरताका साथ नलिएको उल्लेख गर्दै उनले यसका लागि कुनै पनि कुरा प्राथमिकतामा नराखेको उनले बताए। उनले राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .