पूर्व–पश्चिम रेलमार्गअन्तर्गतको बर्दिबास निजगढ खण्डमा पुल निर्माणको लागि प्राविधिक प्रस्तावहरुको मूल्याङ्कन गरी कम्पनी छनोट गरिएको रेल विभागले बताएको छ। रेल विभागका अनुसार पुल निर्माणका लागि प्राविधिक कम्पनी छनोट गरेको छ।
रेल विभागले २०७६ जेठ ७ गते प्रथमपटक सूचना प्रकाशित गरी बोलपत्र आह्वान गरेको थियो। कम्पनीहरुको प्रस्तावनाका आधारमा असार ५ गते प्राविधिक मूल्याङ्कन समितिले कम्पनी छनोट गरेको थियो। पुल निर्माणका लागि मूल्याङ्कन समितिबाट मूल्याङ्कन छनोटमा परेका कम्पनीहरु लुम्विनी बिल्डर्स प्रालि, रसुवा कन्स्ट्रक्सन प्रालि र कालिका कन्स्ट्रक्सन प्रालि रहेका छन्।
यी तीन कम्पनीमध्ये उनीहरुको आर्थिक प्रस्ताव मूल्याङ्कन गरी कम्पनी छनोट गरिने रेल विभागका सिनियर डिभिजन इन्जिनियर अमन चित्रकारले बताए।
प्रतिक्रिया