राष्ट्रिय वाणिज्य बैंकले आफ्ना कर्मचारीहरुलाई कोरोना जोखिमको बीमा गरेको छ।
आगामी एक वर्षसम्म कुनै पनि कर्मचारीहरुमा कोराना देखिए १ लाख रुपैंया क्षतिपूर्ति दिने गरि बीमा गरिदिएको हो।
उक्त बीमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडबाट बीमा गरिएको बैंकले जानकारी गराएको छ। बैंकमा कार्यरत स्थायी र करार सेवामा कार्यरत कर्मचारीहरु सबैमा यो लागू हुने गरी बीमा गरिएको हो।
बैंकका सीईओ किरण कुमार श्रेष्ठको अगुवाइमा यो सेवा प्रदान गरिएको हो। त्यस्तै वाणिज्य बैंक, अवकास कोषमा योगदान गरिरहेका बैंकमा कार्यरत सञ्चयकर्ता कर्मचारीहरुलाई कोरोना भाइरसको संक्रमण भई पीसीआर रिपोर्ट पोजेटिभ देखिएमा कोषको तर्फबाट १ लाख रुपैयाँ क्षतिपूर्ति दिइने समेत बैंकले जानकारी दिएको छ।
3
Shares
प्रतिक्रिया