नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल भुक्तानी प्रणालीबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आईपीएसमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने भएको छ।
कनेक्ट आईपीएसमा आबद्ध कुनै पनि बैंकको खातामार्फत घरमै बसी बसी आप्mनो बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको हो।
कम्पनीको शाखा/उपशाखा कार्यालयमा गई प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आईपीएसमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन्। जुनसुकै समयमा जहाँसुकैबाट अनलाइन भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ।
नेपाल लाइफले आप्mना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ। यसअघि नै नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु इसेवा तथा प्रभु पेबाट अनलाइन भुक्तानी भइरहेको छ।
त्यस्तै फोन पेमार्फत बैंक खाता कनेक्ट गरेर र नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैंकिङमार्फत अनलाइन भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ। नेपाल लाइफले अन्य डिजिटल भुक्तानी प्रणालीबाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तिमा उल्लेख गरेको छ।
प्रतिक्रिया