ad ad

कारोबार


कोरोना महामारी : विश्व हवाइ क्षेत्रले १ खर्ब १३ अर्ब डलर नोक्सानी व्यहोर्नुपर्ने

कोरोना महामारी : विश्व हवाइ क्षेत्रले १ खर्ब १३ अर्ब डलर नोक्सानी व्यहोर्नुपर्ने

नेपालखबर
चैत ११, २०७६ मंगलबार ११:५५,

कोरोना भाइरस संक्रमणको सबैभन्दा मार हवाइ उद्योगमा परेको छ। विश्वभरका एयरलाइन्सको बुकिङ घटेको छ भने टिकट रद्द गर्ने धेरै छन्।

अन्तर्राष्ट्रिय हवाइ यातायात संघले जुन ३० सम्म ११ लाख बढी बुकिङ रद्द भएको जनाएको छ।

संघका अनुसार मार्चमा ५० प्रतिशत टिकट बुकिङ रद्द भएका छन् भने अप्रिलमा ४० प्रतिशत र मे महिनामा २५ प्रतिशत बुकिङ रद्द भइसकेका छन्।

संघमा विश्वभरका २ सय ९० अन्तर्राष्ट्रिय एयरलाइन्सहरु आबद्ध रहेका छन्। संघले आजसम्मको स्थिति विश्लेषण गर्दा १ खर्ब १३ अर्ब डलर बढी नोक्सान हुने अनुमान गरेको छ।

विश्वमा धेरै रोजगार दिन सफल हवाइ उद्योगले धेरै देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ठूलो योगदान गर्छ। थाइल्यान्डको जीडीपीमा यस क्षेत्रबाट १५.५ प्रतिशत योगदान रहेको छ।

त्यस्तै सिगापुरको जीडीपीमा ११.८ प्रतिशत योगदान रहँदा जापानको जीडीपीमा २.४ प्रतिशत, मलेसियाको जीडीपीमा ३.५ प्रतिशत, दक्षिण कोरियाको जीडीपीमा ३.४ प्रतिशत योगदान रहेको संघले जनाएको छ।

हवाइ उद्योगमार्फत थाइल्यान्डले करिब ४३ लाख, जापानले १४ लाख २० हजार, मलेसियाले ४ लाख ५० हजार, सिंगापुरले ३ लाख ७५ हजार, दक्षिण कोरियाले ८ लाख ३८ हजार रोजगारी सिर्जना गरेका छन्।

कोरोना संक्रमणको डरले अन्तर्राष्ट्रिय उडान रद्द हुँदा अहिले धेरैको रोजगारी खोसिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .