ad ad

कारोबार


कोरोना भाइरस संक्रमण रोक्न यूएईले २७ अर्ब डलर दिने

कोरोना भाइरस संक्रमण रोक्न यूएईले २७ अर्ब डलर दिने

नेपालखबर
चैत २, २०७६ आइतबार ७:११,

युनाइटेड अरब इमिरेट्सको केन्द्रीय बैंकले विश्व महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोक्न २७ अर्ब डलर दिने घोषणा गरेको छ।

आइतबार घोषित उक्त डलर सहयोगको प्याकेज प्रभावित देशका बैंकहरुमार्फत खर्च हुने र ऋण रकमका सीमाहरु भने हटाइएको एपीले जनाएको छ।

खासगरी मध्यपूर्वका देशहरुमा उक्त सहयोग गरिने बताइएको छ। ती देशहरुले हाल यात्रा प्रतिबन्ध लगाएका छन्। दुवई पार्क एण्ड रिसोर्ट पनि बन्द हुने संघारमा छ। उक्त मनोरञ्जन पार्क ३ अर्ब डलरमा बनाइएको थियो। हाल निर्माण सम्पन्न भई खुलेयता पार्कले लाखौँ नोक्सानी व्यहोरेको छ। दुवईभित्रका पार्कहरु समेत बन्द हुने तरखरमा छन्।

कुवेतमा मलहरु बन्द भइसकेका छन्। साउदी अरेबियाले पनि संक्रमण रोक्न १३ अर्ब डलरको आकस्मिक योजना सार्वजनिक गरिसकेको छ।

मध्यपूर्वमा इरानमा यसको संक्रमण व्यापक बनेको छ। यस क्षेत्रमा १३ हजारमा संक्रमण फेला पर्दा ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .