ad ad

कारोबार


भारतमा पेट्रोल र डिजेल महँगो हुने

भारतमा पेट्रोल र डिजेल महँगो हुने

नेपालखबर
चैत १, २०७६ शनिबार ११:१३,

बीबीसी हिन्दीका अनुसार भारतले प्रतिलिटर पेट्रोल र डिजेलमा ३ रुपैयाँले उत्पादन शुल्क बढाएको हो।

बिदेशी बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटबाट लाभ लिनका लागि भारतले यस कदम चालेको बताइएको छ।

भारतमा उत्पादन शुल्क बढेसँगै पेट्रोल र डिजेलको मूल्य महँगो हुने गरेको छ।

सरकारले उत्पादन शुल्क बढाएसँगै विपक्षी दल काँग्रेसका नेता अजय माकनले अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्य घटिरहँदा त्यसको लाभ सर्वसाधारणले लिन पाउनुपर्ने बताएका छन्।

उनले पेट्रोल, डिजेल र एलपीजी ग्यासको मूल्य ३५ देखि ४० प्रतिशतले घटाउनु पर्ने माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .