ad ad

कारोबार


सेयरबजारमा साढे ५ अर्बको मात्रै कारोबार, कसले कमाए?

सेयरबजारमा साढे ५ अर्बको मात्रै कारोबार, कसले कमाए?

नेपालखबर
असोज २, २०८१ बुधबार १५:१७, काठमाडौँ

सेयरबजारमा आज ५ अर्ब ६६ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ४ अंकले घटेको दिन तुलनात्मक रुपमा कारोबार रकम पनि घटेको हो। 

आज १ करोड ३९ लाख कित्ता सेयर मात्रै बिक्री भएका छन्। 

नेप्से सूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा आइपगेको दिन ७४ कम्पनीको सेयर मूल्य बढेको, १६३ वटाको घटेको र ७ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। 

कसले कमाए?
आजको कारोबारमा कुनै पनि कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेन। कालिका लघुवित्तको सेयर मूल्य ८.०८ प्रतिशतले बढ्दा लगानीकर्ताले ८४ रुपैयाँ प्रतिसेयर आम्दानी गरे। यो आजको सर्वाधिक वृद्धिदर हो। 

यसबाहेक स्वरोजगार लघुवित्त ७.९२ प्रतिशत, रावा इनर्जी डेभलपमेन्ट ७.३२ प्रतिशत, भूगोल इनर्जी डेभलपमेन्ट ७.०७ प्रतिशत र सुपरमाई हाइड्रोपावर लिमिटेडको सेयर ६.०२ प्रतिशतले बढेको छ। 

गिरावटतर्फ जनउत्थान लघुवित्त अगाडि छ। कम्पनीको सेयर ७.६७ प्रतिशतले घटेको छ। यसबाहेक गुडविल फाइनान्स, आत्मनिर्भर लघुवित्त, समृद्धि फाइनान्स र समाज लघुवित्तको सेयर पनि घटेको छ। 

कारोबारतर्फ सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको साढे २० करोडको किनबेच भएको छ। यो नै आजको सर्वाधिक कारोबार रकम हो। त्यसबाहेक नेपाल फाइनान्सको १६ करोड ९८ लाख, एनएलजी इन्स्योरेन्स १५ करोड ९५ लाख, साहस ऊर्जा १३ करोड र गुडविल फाइनान्सको १२ करोड ८२ लाखको कारोबार भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .