ad ad

कारोबार


क्लासिक टेकको रिफर अफर– तिमीलाई पनि मलाई पनि!

क्लासिक टेकको रिफर अफर– तिमीलाई पनि मलाई पनि!

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १५:५१, काठमाडौँ

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफर अन्तरगत ‘तिमीलाई पनि मलाई पनि’ अफर सार्वजनिक गरेको छ।

अब ग्राहकले क्लासिक टेक मोबाइल एपबाट रिफर गर्दा रिफर गर्ने र रिफर मार्फत इन्टरनेट प्लस आईपी टीभी जडान गर्ने दुवै जनाको हात खाली नहुने अर्थात् दुवैको एकाउन्ट मा बोनस थपिने गरि उक्त अफर सार्वजनिक गरेको जनाएको छ।

कम्पनीका अनुसार रिफर गर्ने ग्राहकले ४ महिना इन्टरनेट  तथा आईपी टीभी र रिफर मार्फत इन्टरनेट जडान गर्ने ग्राहकले २ महिनासम्मको इन्टरनेट तथा आईपी टीभी बोनस साथै वाइफाइ ६ भएको डुवल ब्याड राउटर समेत निशुल्क पाउने छन्।

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूको लागि सार्वजानिक गरेको रिफर अफर भने १२५ ए बीपीएस देखि ३००  एमबीपीएस सम्मको १ वर्षको इन्टरनेट प्लस आइपी टीभी जडान गर्दा रिफर बोनस पाउने कम्पनीले जनाएको छ।  

१२५ एमबीपीएस जडान गर्दा प्रति महिना रू ३०३ र २०० एमबीपीएस जडानमा प्रति महिना रू ५९१ लाग्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .